ट्राफिक कारवाही : २४ घण्टामा ४ लाख ७९ हजार राजस्व संकलन

यस स्टोरीको अंश: ट्राफिक नियम उल्लंघनमा २ हजारभन्दा बढी चालक कारबाहीमा, २२ लाखभन्दा बढी राजस्व संकलन
arthasarokar.com · 4 दिन अघि

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको ‘जाँच’का क्रममा एक हजार ८४१ जना सवारी चालकलाई कारवाही गरेको छ । उक्त कारवाहीबाट रु चार लाख ७९ हजार ५०१ राजस्व संकलन गरिएको छ । आज बिहानसम्म सञ्चालन गरिएको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी साधन चलाउने १०७, राइड सेयरिङमा १९२, रातोबत्तीमा १८३, तीव्र गतिमा १२६, लेनक्रसमा ४१, सडक फुटपाथमा ७५, हर्न निषेधमा १४९, एकतर्फीमा ७७ र अन्यमा ८९१ गरी कुल एक हजार ८४१ जना चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू