इमरान खानलाई जेलमा एक्लै राखिएको भन्दै बहिनीले दायर गरिन् रिट
▸ यस स्टोरीको अंश: इमरान खानकी बहिनीले जेलमा एक्लै राखेको भन्दै उच्च अदालतमा रिट दायर गरिन्
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानकी बहिनी अलिमा खानले इस्लामाबाद उच्च अदालतमा रिट निवेदन दायर गरेकी छन् । पाकिस्तानी मिडियाका अनुसार अलिमा खानले इमरान खानलाई अदियाला जेलमा लामो समयदेखि एक्लै राखिएको भन्दै त्यसलाई चुनौती दिएकी हुन् । उनले यसलाई गैरकानुनी र आधारभूत मानव अधिकारको उल्लङ्घन भएको दाबी गरेकी छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›