सुरक्षा संयन्त्रको कमजोरीले लोकतान्त्रिक संस्थाहरू कमजोर बन्यो : जेनजी अभियन्ता अन्सारी
▸ यस स्टोरीको अंश: जेनजी अभियन्ता अन्सारीद्वारा सुरक्षा संयन्त्रको कमजोरीले लोकतान्त्रिक संस्थाहरू कमजोर बनेको दाबीजेनजी अभियन्ता माजिद अन्सारीले मुलुकका प्रमुख लोकतान्त्रिक संस्थाहरू र सुरक्षा निकायको कमजोरीका कारण राष्ट्रिय सुरक्षा र लोकतन्त्रको भविष्यमाथि गम्भीर प्रश्न उठेको बताएका छन् । अन्सारीकाअनुसार लोकतन्त्रमा दुई चरम विचारबीच मध्यम मार्ग वा समायोजनको खोजी नहुँदा एक पक्षले अर्कोलाई दबाउने वा निरन्तर संघर्ष गरिरहनुपर्ने अवस्था सिर्जना भएको छ । उनले २३ गतेको घटनापछि पुराना दलहरू एक किसिमले विस्थापित हुँदा नयाँ बहस सुरु भएपनि सामाजिक सञ्जालमा देखिएको गालीगलौज र चरम ध्रुवीकरणले लोकतान्त्रिक संस्थाहरूलाई थप कमजोर बनाएको उनले उल्लेख गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित