पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड
▸ यस स्टोरीको अंश: पोर्चुगलमा किराँत राई सोसाइटीद्वारा साकेला उभौली पर्व भव्यताका साथ सम्पन्न
पोर्चुगलमा साकेला उभौली पर्वको अवसरमा किराँत राई सोसाइटी पोर्चुगलद्वारा आयोजित विशेष सांस्कृतिक कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली राजदूतावास, लिस्बनका प्रथम सचिव राम बाबु नेपाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए । गैरआवासीय नेपाली संघ, पोर्चुगल (एनआरएनए पोर्चुगल) का अध्यक्ष सुजन लामा मोक्तान, गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बु लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›