दुई तिहाइको दम्भमा बालेन शाह सरकारले लोकतन्त्रको उपहास गर्यो : प्रचण्ड
▸ यस स्टोरीको अंश: प्रचण्डले प्रदेश सरकारमा सर्वदलीय सहमतिमा मात्र जाने अडान दोहोर्याए
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार दुई तिहाइको दम्भमा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर भएको आरोप लगाएका छन् । कार्यपालिका प्रमुखले आफैँले बोलाएको व्यवस्थापिका संसद्को बैठकलाई भोलिपल्टै एकाएक रोकेर अध्यादेश ल्याउने खेल खेल्नुले लोकतन्त्रको उपहास गरेको उनको भनाइ थियो । संसद् छलेर अध्यादेश जारी गर्नेसम्मका सबै हिसाब किताब हेर्दा वर्तमान प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहको नियत सफा र राम्रो नदेखिएको प्रचण्डले बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित