सार्वजनिक-निजी सम्पत्तिको क्षति मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनको सिफारिस गर्यो
राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै प्रभावित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगका अनुसार भदौ २४ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा आगजनीबाट मृत्यु भएका २१ जनामध्ये पहिचान भइसकेका ९ जनाका परिवारलाई अन्य आन्दोलनका मृतकसरह राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सुझाव दिइएको छ । सोही दिन सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका १० जना कैदी बन्दी तथा बाल बन्दीका घटनाबारे पनि सूक्ष्म अनुसन्धान गर्न आयोगले सरकारलाई निर्देशनात्मक सिफारिस गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित