बक्यौता असुली र लेखा परीक्षण गराउन निर्देशन

यस स्टोरीको अंश: सञ्चारमन्त्री तिमिल्सिनाले बक्यौता असुली र लेखापरीक्षणमा तीव्रता दिन निर्देशन दिए
gorkhapatraonline.com · 1 दिन अघि

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालयमातहतका सञ्चार संस्थाको वार्षिक लेखा परीक्षण चाँडो सम्पन्न गर्न तथा लामो समयदेखि उठ्न बाँकी बक्यौता रकम असुली प्रक्रियालाई तीव्रता दिन निर्देशन दिनुभएको छ । ती संस्थाका प्रमुखसँग मङ्गलबार मन्त्रालयमा भएको छलफलका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले बर्सौंदेखि थाती रहेका लेखा परीक्षण तथा बक्यौता व्यवस्थापन प्राथमिकतामा राख्न निर्देशन दिनुभएको हो । बैठकमा गोरखापत्र संस्थान र सार्वजनिक सेवा प्रसारण नेपालको आर्थिक वर्ष २०७९÷८० यताका लेखा परीक्षण कार्य अझै सम्पन्न हुन नसकेको जानकारी गराइएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू