गुठी संस्थानसँग छैन जिल्लागत जग्गाको अभिलेख विवरण
▸ यस स्टोरीको अंश: गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख छैन, महालेखाको प्रतिवेदनमा औँल्याइयोगुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको ६३औँ प्रतिवेदनमा उल्लेख छ । अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल एकिन हुन नसकेको महालेखापरीक्षकको कार्यालयको ६३औँ प्रतिवेदनको सारांशमा लेखिएको छ । संस्थानमा रहेको जग्गामध्ये धनुषा जिल्लामा ४३.५ बिघा, महोत्तरीमा १२२ बिघा, बारामा २७ बिघा, पर्सामा सात बिघा तथा काठमाडौंमा १४ रोपनी, ललितपुरमा १२ रोपनी र भक्तपुरमा दुई रोपनी जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित