करोडौंको स्वास्थ्य उपकरण प्रयोगविहीन, ट्रमा सेन्टरमा क्याथ ल्याब २०७२ देखि अलपत्र

यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: सरकारी अस्पतालमा करोडौँका उपकरण प्रयोगविहीन, लगानी खेर गएको औँल्यायो
bizpati.com · 1 हप्ता अघि

महालेखापरीक्षकको त्रिसट्ठिऔँ वार्षिक प्रतिवेदनले देशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा खरिद गरिएका करोडौँ रुपैयाँका स्वास्थ्य उपकरण लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको गम्भीर तथ्य सार्वजनिक गरेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा रु.५ करोड ३७ लाख ८२ हजार मूल्यको क्याथ ल्याब २०७२ सालदेखि दक्ष जनशक्तिको अभावमा प्रयोग हुन सकेको छैन। करिब रु.२४ करोड ७७ लाख ९ हजार मूल्यका सीटी स्क्यान प्रणाली, १४ थान भेन्टिलेटर, ५ थान सी–आर्म मेसिनलगायतका उपकरणसमेत सञ्चालनबिना थन्किएको पाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू