वनमन्त्री चौधरी र राजदूत पुजोलबीच शिष्टाचार भेटवार्ता
▸ यस स्टोरीको अंश: बेलायती मन्त्री सीमा मल्होत्राको नेपाल भ्रमण: शिक्षा, सीप र आर्थिक सहकार्यमा जोड
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि स्पेनका गैरआवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोलले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्ता उनीहरूबीच कृषि आधुनिकीकरण, कृषि डिजिटलाइजेसन, गुणस्तरीय कृषि उत्पादन, जल व्यवस्थापन, जलवायु अनुकूल कृषि तथा द्विपक्षीय सहकार्य विस्तारका विविध विषयमा छलफल भएको थियो । भेटका क्रममा राजदूत पुजोलले सन् २०२७ मा हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)का महानिर्देशक पदको निर्वाचनमा नेपाल सरकारको सकारात्मक समर्थन अपेक्षा गरिएको बताएका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›