संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहितको संरक्षण गर्ने प्रमुख मञ्च हो- सभामुख अर्याल

यस स्टोरीको अंश: सभामुख अर्यालद्वारा गणतन्त्र दिवसको शुभकामना, संसद्लाई लोकतन्त्रको मञ्चका रूपमा व्याख्या
lokaantar.com · 1 दिन अघि

सभामुख डोलप्रसाद अर्यालले संसद्लाई कानून निर्माण गर्ने थलोका साथै लोकतान्त्रिक मूल्यमान्यता, उत्तरदायित्व, संवाद, सहमति र राष्ट्रिय हितको संरक्षण गर्ने प्रमुख मञ्चको रूपमा व्याख्या गरेका छन्। उन्नाइसौं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले लोकतन्त्रको सुदृढीकरणबाट मात्र जनताले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण र जनमुखी विकास प्राप्त हुने बताए। उनले यस ऐतिहासिक अवसरमा लोकतन्त्र, गणतन्त्र, मानव अधिकार, समावेशिता, सामाजिक न्याय तथा प्रगतिशील परिवर्तनका पक्षमा भएका संघर्षमा जीवनउत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू