अमेरिकामा हवाई प्रदर्शनका क्रममा दुई सैन्य विमान ठोक्किए, चारै चालक सुरक्षित
▸ यस स्टोरीको अंश: अमेरिकामा हवाई प्रदर्शनीका क्रममा दुई नौसेनाका लडाकु विमान आकाशमै ठोक्किए, चालक दल सुरक्षित
अमेरिकाको आइडाहो राज्यस्थित माउन्टेन होम वायुसेना केन्द्रमा आयोजित हवाई प्रदर्शनका क्रममा आइतबार दुई सैन्य विमान आपसमा ठोक्किएका छन् । दुर्घटनापछि विमानमा रहेका चारै चालकले प्यारासुटमार्फत सुरक्षित रूपमा बाहिर निस्कन सफल भएको अधिकारीहरूले बताएका छन् । अमेरिकी नौसेनाका अनुसार, वासिङ्टन राज्यको व्हिड्बी टापुस्थित इलेक्ट्रोनिक आक्रमण स्क्वाड्रनसँग सम्बन्धित दुईवटा युद्धक विमान हवाई प्रदर्शन गरिरहेका बेला आकासमै एकआपसमा ठोक्किएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित