समृद्धिको प्रमुख आधार कृषि हो, किसान राष्ट्रका गहना हुन् : राष्ट्रपति
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड
राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताएका छन् । राष्ट्रपति पौडेलले कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा शुक्रबार यहाँ आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०८२ लाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् । मुलुकको समृद्धिको प्रमुख आधार नै कृषि भएको र किसान राष्ट्रका गहना हुन् भन्दै उनले कृषि क्षेत्रलाई जीविकोपार्जन मात्र नभएर राष्ट्र निर्माणको प्रमुख आधारशीलाका रुपमा अघि बढाउनुपर्नेमा जोड दिए । सो कार्यक्रमको अवसरमा राष्ट्रपति पौडेलले देशका विभिन्न भागका १४ जना कृषकलाई जनही दुई लाख रूपैयाँ, प्रमाणपत्रसहित उत्कृष्ट कृषक पुरस्कार प्रदान गरे । सोही कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले सम्मानित कृषकहरुलाई बधाई दिंदै कृषिमैत्री बजेट र योजना अघि बढाउन प्रतिवद्ध रहेको बताइन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›