भड्काउ अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ

यस स्टोरीको अंश: जनक परियार पक्राउ: मठ-मन्दिरमा आगो लगाउने अभिव्यक्ति दिएको आरोप
www.setopati.com · 13 घण्टा अघि

भड्काउ अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रूकुम पश्चिम आठविसकोट नगरपालिका-१२ घर भई काठमाडौंको टोखा नगरपालिका-८ बानियाँटार बस्ने २७ वर्षीय जनक परियारलाई प्रहरीले पक्राउ गरेको हो । उनले सामाजिक सञ्जालमा मठ मन्दिर आगो लगाउने भन्दै भड्काउने किसिमका अभिव्यक्ति दिएका थिए । यसरी धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू