८० वर्षीय किर्तबहादुरलाई भैँसीगोठ नै रमाइलो

यस स्टोरीको अंश: ८० वर्षीय किर्तबहादुर घर्तीलाई भैँसीगोठ नै रमाइलो लाग्छ
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

धवलागिरि गाउँपालिका–४ बगरका ८० वर्षीय किर्तबहादुर घर्तीलाई छ दशकदेखिको भैँसीगोठको सम्बन्धबाट टाढिन मन लागेको छैन । समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइमा रहेको दोभानको चरन खर्कमा चरिरहेका भैँसीहरूको गतिविधि नियालेर बसेका घर्तीले दुहुना भैँसी, पाडापाडी, राँगो र घिउ बेचेर छ जना छोराछोरी हुर्काएको, पढाएको र घरव्यवहार चलाएको बताए । उनले पछिल्लो समय बाझिएका गाउँबस्ती नजिकका खेतीयोग्य जमिनमा घाँस खेती गरेर व्यवस्थित रूपमा पशुपालन गरेमा विदेश जानु नपर्ने सुझाए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू