Singhadurbarnews
गाउँको दूरदराजदेखि काठमाडौंको सिंहदरबारसम्म
भर्खरै प्रकाशित · गत घण्टा
नेतृत्व गरिएका स्टोरीहरू
एसियन गेम्स छनोट: नेपालले इन्डोनेसियासँग खेल्दै, सेमिफाइनलमा पुग्ने लक्ष्य
मलेसियामा जारी एसियन गेम्स महिला टी-२० क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज (बिहीबार) आफ्नो दोस्रो खेलमा इन्डोनेसियाको सामना गर्दैछ। यसअघिको पहिलो खेलमा चीनलाई १९ रनले पराजित गरेको नेपाल, आजको खेल जितेर सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ।
काम नगर्ने १४ निर्माण कम्पनी कालोसूचीमा, सरकारी ठेक्काबाट प्रतिबन्ध
सरकारले वर्षौंदेखि ठेक्का लिएर काम नगर्ने र आयोजना अलपत्र पार्ने १४ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कारबाही गर्दै ती कम्पनीहरूलाई तोकिएको अवधिसम्म सरकारी ठेक्का प्रक्रियामा सहभागी हुनबाट पूर्ण प्रतिबन्ध लगाएको हो। यस कदमले विकास निर्माणमा ढिलासुस्ती र सम्झौता उल्लंघन गर्ने प्रवृत्तिविरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएको सन्देश दिएको छ।
गगन थापाले बकर इदको शुभकामना दिँदै राष्ट्रिय एकता र सद्भावको महत्वमा जोड दिए
नेपाली कांग्रेसका सभापति गगन थापाले बकर इद (ईद–उल–अज्हा) का अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको बताएका छन् । उनले बकर इदले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहकार्य र सामाजिक एकताको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलद्वारा बकर इदको शुभकामना, राष्ट्रिय एकतामा जोड
राष्ट्रपति रामचन्द्र पौडेलले बकर इद (ईद–उल–अज्हा) पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्वको भावनालाई सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् । उनले यस पर्वले राष्ट्रिय एकता र सामाजिक सहअस्तित्वलाई बलियो बनाउने तथा विश्वभर छरिएका नेपालीबीच आपसी सम्मान र भाइचाराको भावना प्रगाढ बनाउने अपेक्षा गरेका छन् ।
सुकुम्वासी समस्यामा पार्टीको धारणा स्पष्ट पार्न सांसद इन्दिरा राना मगरको माग
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले सुकुम्वासी समस्याबारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने र स्थानीय तहले गरिरहेका अभ्यासहरूमाथि प्रश्न उठाएकी छन्। उनले वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकलाई उचित विकल्पबिना विस्थापित गर्न नहुने र स्थानीय सरकारले लालपुर्जा भएकालाई समेत हटाउन सूचना दिइरहेकोमा चिन्ता व्यक्त गरिन्। यस विषयमा पार्टी सभापति रवि लामिछानेसँगको छलफलपछि उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएकी हुन्।
वैदेशिक रोजगारी ठगीमा ६ जना पक्राउ, ९७ लाखभन्दा बढी ठगेको आरोप
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूले क्यानडा, न्यूजिल्याण्ड, युके, अमेरिका, युएई र सर्बिया पठाइदिने भन्दै पीडितहरूबाट कुल ९७ लाख ५८ हजार रुपैयाँ ठगी गरेको आरोप छ।
योगदान गरिएका स्टोरीहरू
सहकारीमा बेथिति: कमजोर नियमनले जनविश्वास गुमेको जाँचबुझ आयोगको निष्कर्ष
सहकारी क्षेत्रमा वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग र कमजोर नियमनका कारण जनविश्वास गुमेको निष्कर्ष 'सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२' को प्रतिवेदनले निकालेको छ। प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्र सुधारका लागि नीतिगत, संस्थागत र व्यवहारगत सुधारलाई तीव्रता दिने प्रतिबद्धता जनाएकी छिन्।
स्वास्थ्य बीमा बोर्डद्वारा निजी अस्पतालमा आकस्मिकबाहेकका सेवा स्थगित
स्वास्थ्य बीमा बोर्डले वित्तीय संकटको कारण देखाउँदै जेठ १६ गतेदेखि लागू हुने गरी निजी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै स्वास्थ्य बीमा सेवा स्थगित गरेको छ। बोर्डको जेठ ११ गते बसेको बैठकले गरेको यो निर्णयले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने नियमित सेवाहरू अर्को सूचना नभएसम्मका लागि बन्द रहनेछ।
एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा अधिकांश सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरण गरी पार्टी पुनर्गठन गर्न सुझाव दिएका छन्। शुक्रबारदेखि जारी बैठकमा उपाध्यक्षहरू, महासचिव, उपमहासचिव र सचिवहरूले आ-आफ्नो धारणा राखेका छन्। आजको बैठकमा अध्यक्ष ओलीले नेताहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ।
सार्वजनिक बसमा जेठ १५ देखि ‘लगेज ट्याग’ प्रणाली लागू हुने
काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको सामान सुरक्षित बनाउन र हराउने वा साटिने समस्या अन्त्य गर्नका लागि ‘लगेज ट्याग’ प्रणाली लागू गरिने भएको छ। यसका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघबीच सम्झौता भएको छ। यो प्रणाली आगामी जेठ १५ गतेदेखि लागू हुनेछ।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरे
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। जनमत पार्टीले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन्। यसअघि नेपाली कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि र ‘फ्लोर क्रस’ हुने जोखिमका कारण विश्वासको मत लिने प्रक्रिया स्थगित भएको थियो।
रास्वपा सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गरे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूसँग छलफल गरेका छन्। शुक्रबार कोशी र मधेस प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल गरी उनीहरूबाट सुझाव र धारणा संकलन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो। छलफलमा सांसदहरूले निर्वाचन क्षेत्रका समस्या, जनचासोका विषय र समसामयिक राजनीतिक अवस्थाबारे धारणा राखेका थिए।