तीन नयाँ तालिम पाठ्यक्रम स्वीकृत

यस स्टोरीको अंश: शैक्षिक जनशक्ति विकास परिषद्द्वारा तीन नयाँ तालिम पाठ्यक्रम स्वीकृत
prasashan.com · 1 हप्ता अघि

शैक्षिक जनशक्ति विकास परिषद्ले शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि तीनवटा नयाँ सेवाकालीन तालिम पाठ्यक्रम स्वीकृत गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न परिषद्को २९ औँ बैठकबाट ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ र ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी तथा प्राविधिक सहायक कर्मचारीहरूको सेवाकालीन तालिम पाठ्यक्रम, २०८३’ स्वीकृत गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू