गुठी संस्थानको जग्गा अभिलेख अस्तव्यस्त, विभिन्न जिल्लामा अतिक्रमण

यस स्टोरीको अंश: गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख छैन, महालेखाको प्रतिवेदनमा औँल्याइयो
newspolar.com · 1 हप्ता अघि

गुठी संस्थानले आफ्नो स्वामित्वमा रहेका जग्गाको एकीकृत तथा अद्यावधिक अभिलेख व्यवस्थित गर्न नसकेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको त्रिसठ्ठीऔँ वार्षिक प्रतिवेदनअनुसार संस्थानसँग जिल्लागत जग्गाको स्पष्ट विवरण तथा अद्यावधिक अभिलेख नहुँदा कुल जग्गाको वास्तविक क्षेत्रफल यकिन हुन सकेको छैन। सम्पत्ति व्यवस्थापन गुठी संस्थान (कार्य व्यवस्था) विनियम, २०४९ को विनियम १७(१) मा संस्थानले आफ्नो अधिकार क्षेत्रभित्रका जग्गाको छुट्टै लगत तयार गरी नियमित अद्यावधिक गर्नुपर्ने व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू