भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु

यस स्टोरीको अंश: सप्तरीको भारदहमा करेन्ट लागेर किसान सहदेव लौगीको मृत्यु
himalpress.com · 5 घण्टा अघि

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा केरा बगानमा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ। स्थानीय ४८ वर्षीय सहदेव लौगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए। उनका अनुसार केरा बगानमा धानको बीउ छर्न विद्युतीय मोटरबाट पानी पठाउनका लागि तार जडान गर्ने क्रममा लौगीलाई करेन्ट लागेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू