दश महिनामा ५ लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
▸ यस स्टोरीको अंश: सांसद लिम्बूद्वारा ब्रिटिश गोरखा सैनिक र सन्ततिको नागरिकताका लागि संविधान संशोधनको माग
चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा ५ लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु आवको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दश महिनामा ४ लाख २० हजार ८६ आन्तरिक र एक लाख ५३ हजार ८९१ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित