नोबेल एकेडेमी सेकेण्डरी स्कुललाई ‘प्रेस्टिजियस प्लस टु अवार्ड’
▸ यस स्टोरीको अंश: केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३: विभिन्न विद्यालयलाई सम्मान
काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित नोबेल एकेडेमी सेकेण्डरी स्कुलले यस वर्षको ‘प्रेस्टिजियस प्लस टु अवार्ड’ प्राप्त गरेको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. को आयोजनामा हुन गइरहेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा नोबेल एकेडेमीलाई उक्त सम्मान प्रदान गरिने भएको हो । स्थापनाकालदेखि नै नेपाली शैक्षिक क्षेत्रमा एक प्रतिष्ठित ब्रान्डका रूपमा स्थापित नोबेल एकेडेमीले उच्च स्तरीय प्राज्ञिक वातावरण, उत्कृष्ट नतिजा र विद्यार्थीहरूको व्यक्तित्व विकासमा खेल्दै आएको भूमिकाको कदर गर्दै सो अवार्ड प्रदान गर्न लागिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›