राजनीतिक दललाई राज्यकोषबाट अनुदान दिने विषयमा बहस चलाउने
▸ यस स्टोरीको अंश: कांग्रेसले बजेट अधिवेशनमा पार्टीको भूमिका र रणनीतिबारे छलफल गर्यो
सरकारले राजनीतिक दलहरूको आर्थिक पारदर्शिता र वित्तीय व्यवस्थापनलाई संस्थागत गर्ने तयारी थालेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत दलहरूलाई प्राप्त मतका आधारमा राज्यकोषबाट अनुदान दिने विषयमा राष्ट्रिय बहस अघि बढाइने घोषणा गरिएको हो । शुक्रबार बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजनीतिक दलहरूको खर्च प्रणालीलाई थप उत्तरदायी र पारदर्शी बनाउन यस्तो अवधारणा अघि सारिएको बताएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›