सडक सुरक्षाको सन्देश बोकेर उदयपुरका महिला राइडरको ५० किलोमिटर यात्रा
▸ यस स्टोरीको अंश: महिला राइडरद्वारा उदयपुरमा सडक सुरक्षाबारे ५० किलोमिटर सचेतनामूलक यात्रा
उदयपुरमा सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राबारे जनचेतना फैलाउने उद्देश्यले महिला मोटरसाइकल राइडरहरूले ५० किलोमिटर लामो सचेतनामूलक यात्रा सम्पन्न गरेका छन् । उदयपुर महिला बाइक राइडरको आयोजनामा गाईघाटदेखि कटारीसम्म सञ्चालन गरिएको अभियानमा सहभागी महिला राइडरहरूले हेल्मेट तथा मोटरसाइकलमा सडक सुरक्षासम्बन्धी सन्देश लेखिएका स्टिकर टाँसेका थिए । विभिन्न स्थानमा पुगेर ट्राफिक नियम, सुरक्षित गति र जिम्मेवार सवारी संस्कृतिबारे जानकारी प्रवाह गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›