आवरणमा ‘परमपूज्य’, आचरणमा व्यापारी: तपाईं कसरी धार्मिक अनि धर्मगुरु ?
▸ यस स्टोरीको अंश: धर्मको व्यापारिकरण र गुरुहरूको आचरणमाथि प्रश्नचिन्ह
धर्मको मूल उद्देश्य मानवताको उच्चतम चेतनातर्फ उन्मुख गराउनु, समाजलाई विखण्डन र द्वेषबाट जोगाउनु, र व्यक्तिलाई करुणा, सत्य तथा सहअस्तित्वको आधारमा आन्तरिक रूपमा रूपान्तरण गर्नु भए तापनि वर्तमान यथार्थमा धर्म क्रमशः विकृत, प्रदूषित र व्यापारिक बन्दै गएको छ । जहाँ धर्मले प्रेमको सुगन्ध फैलाउनुपर्ने थियो, त्यहीँ अहिले प्रतिस्पर्धा, बजारमुखी प्रचार, भौतिक प्रदर्शन र प्रभुत्व जमाउने अहंकारको ध्वनि बढी सुनिन थालेको छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›