चितवन हुलाकले राहदानी घरमै पुर्याउन सुरु, दैनिक २०–३० वटा सेवा वितरण
▸ यस स्टोरीको अंश: चितवनमा हुलाक सेवामार्फत घरघरमा राहदानी वितरण सुरु
जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी प्राप्त गर्ने सेवाग्राहीले रु ५५ को हुलाक टिकट खरिद गरेपछि जिल्ला हुलाक कार्यालय चितवनले घरघरमै राहदानी पुर्याउने सेवा सुरु गरेको छ । जिल्ला हुलाक कार्यालयका प्रमुख शालिकराम बस्यालका अनुसार हाल दैनिक २० देखि ३० वटा राहदानी सेवाग्राहीको घरमै पुर्याउने कार्य भइरहेको छ । पहिले पत्राचार वितरणमा सीमित रहेको हुलाक सेवा अहिले पार्सल, ई–एमएस तथा राहदानीलगायतका सेवासमेत घरघरमै पुर्याउनेतर्फ विस्तार गरिएको कार्यालयले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित