घाइतेको घाउ (कविता)

यस स्टोरीको अंश: नेपाली खानामा अमिलोको प्रयोग र यसको सांस्कृतिक प्रभाव
gorkhapatraonline.com · 5 दिन अघि

भदौको त्यो रापिलो सडक, न्यायको एउटा हुटहुटी सुशासनको सपना बोकी, हिँडेका थियौँ मुट्ठी कसी स्वविवेकी अधिकारको दम्भ अनि अनियमितताको जालो चुँडाल्न खोज्दा हाम्रै रगतले, रङ्गियो सडकको कालो । रातभरि बल्झिन्छ घाउ, गोली लागेको त्यो ठाउँ निद्रा छैन आँखामा, कसलाई सुनाऊँ आफ्नै गाउँ ? कोमामा छ जो असहाय, उसलाई सोध्छन्– ‘को होस् तँ ?’ मान्छे चिन्नुपर्ने ठाउँमा, यहाँ नाम र दामको मोह छ । बर्सौं करारमा बसी, करोडौँ कुम्ल्याउनेलाई सम्मान छ योग्यता बोक्ने युवालाई यहाँ, अपमानको मात्रै दान छ । तिम्रो रगतले लेखेको इतिहास, एकदिन अवश्य बोलिदिने छ यी अवसरवादीका पर्खालहरू, जनताले नै खोलिदिने छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू