मठ-मन्दिरमा आगो लगाउने अभिव्यक्ति दिने एकजना पक्राउ

यस स्टोरीको अंश: जनक परियार पक्राउ: मठ-मन्दिरमा आगो लगाउने अभिव्यक्ति दिएको आरोप
ehimalayatimes.com · 23 घण्टा अघि

मठ-मन्दिरमा आगो लगाउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१२ घर भएका २७ वर्षीय जनक परियारलाई टोखाबाट पक्राउ गरिएको हो । उनिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परियारले काठमाडाैंमा आयोजित एक कार्यक्रममा बोल्दै “मठ-मन्दिरमा आगो लगाइदिन्छौँ” भन्ने अभिव्यक्ति दिएका थिए । साथै उनले समान अधिकार सुनिश्चित नभए देशभर विद्रोह हुने चेतावनी समेत दिएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू