सगरमाथाको उचाई नापेको गणित ‘त्रिगोनोमेट्री’
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेद्वारा आर्थिक सर्वेक्षण प्रस्तुत, पुन भन्छन् नवप्रवर्तनमा बजेट अपुग
त्रिभुजका कोण र भुजाहरूको सम्बन्ध अध्ययन गर्ने ‘त्रिगोनोमेट्री’ ले हाम्रो आधुनिक संसारको जग बसालेको छ । प्राचीन ग्रीक खगोलशास्त्री हिप्पार्कसले पहिलो पटक त्रिगोनोमेट्री तालिका बनाएर रोपेको यो गणितको बिउलाई महान् भारतीय गणितज्ञ आर्यभट्टले आधुनिक ‘साइन’ र ‘कोसाइन’ को धारणा परिभाषित गर्दै अझ उर्वर बनाएका थिए । सन् १८०२ अप्रिल १० का दिन भारतमा तत्कालीन इस्ट इन्डिया कम्पनीको नेतृत्वमा ‘द ग्रेट त्रिगोनोमेट्रिकल सर्भे अफ इन्डिया’ नामक एउटा ठूलो वैज्ञानिक अभियानको सुरुवात भएको थियो । यस महाअभियानको सबैभन्दा गौरवशाली र अविस्मरणीय वैज्ञानिक उपलब्धि भनेको संसारकै सर्वोच्च शिखर सगरमाथाको पहिचान गर्नु थियो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›