देशका विभिन्न प्रदेशमा वर्षा र हुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह
▸ यस स्टोरीको अंश: देशभर वर्षा र हावाहुरीको सम्भावना, मौसम पूर्वानुमान महाशाखाद्वारा सतर्कता आग्रह
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेका कारण गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहने देखिन्छ। यी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी, मधेस प्रदेशसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा हुरी चल्न सक्ने सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›