रुसले युक्रेनतिर प्रहार गरेको ड्रोन रुमेनियाको आवासीय भवनमा बज्रियो
▸ यस स्टोरीको अंश: रुसी ड्रोन रोमानियाको आवासीय भवनमा खस्यो, नाटोसँग एन्टी-ड्रोन सुरक्षा माग
रुमेनियास्थित एउटा आवासीय भवनमा रुसी ड्रोन ठोकिएको र सो भवनमा आगो लागेको रुमेनियाको रक्षा मन्त्रालयले बताएको छ। उक्त घटनामा दुई जना घाइते भएका छन्। रुसले सीमानजिकै युक्रेनी भूभागमा आक्रमण गर्ने क्रममा प्रहार गरेको सो ड्रोन पूर्वी सहर गालाट्समा खसेको मन्त्रालयले जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख छ। रुमेनियाले यसलाई रुसी पक्षबाट तनाव बढ्ने गरी भएको "गम्भीर र अनुत्तरदायी" घटना भनेको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›