राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता
▸ यस स्टोरीको अंश: राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच आर्थिक गणनाका लागि सम्झौता
राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यावसायिक क्षेत्रका तथ्याङ्क विकास, व्यवस्थापन तथा राष्ट्रिय आर्थिक गणना २०८२ लाई प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यसहित समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा राष्ट्रिय तथ्याङ्क कार्यालयका तर्फबाट उपप्रमुख तथ्याङ्क अधिकारी (सहसचिव) ढुण्डिराज लामिछाने तथा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट महानिर्देशक देवेन्द्र लामिछानेले हस्ताक्षर गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›