सहकारीको बेथिति प्रतिवेदन: एकै व्यक्तिलाई १४ करोडसम्म ऋण
▸ यस स्टोरीको अंश: सहकारीमा गम्भीर वित्तीय अनियमितता र कमजोर नियमन: जाँचबुझ आयोगको प्रतिवेदनले औंल्यायो
सहकारी संस्थाले एउटै व्यक्तिलाई १४ करोडसम्म ऋण दिएको र एकैदिन ४९ लाख र ५१ लाख गरी एक करोडभन्दा बढी कर्जा प्रवाह गरेको सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनअनुसार ४९ प्रतिशतभन्दा बढी सञ्चालक पदाधिकारीले आफ्नै संस्थाबाट ऋण लिएको भेटिएको छ । सफ्टवेयरमा दुई छुट्टाछुट्टै विवरण राखी अनियमितता गर्ने, कार्यक्षेत्रभन्दा बाहिर बचत संकलन र ऋण प्रवाह गर्ने तथा आफ्ना परिवार र नजिकका व्यक्तिलाई ऋण दिने प्रवृत्तिले सहकारी क्षेत्र संकटमा परेको आयोगको निष्कर्ष छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित