भारतमा पेट्रोल र डिजेलको मूल्य बढ्यो
▸ यस स्टोरीको अंश: भारतमा पेट्रोल र डिजेलको मूल्यमा वृद्धि
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिसँगै भारतमा इन्धनको मूल्यमा वृद्धि भएको छ । तेल कम्पनीहरूले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर २.६१ भारु र डिजेलमा २.७१ भारु वृद्धि गरेको हो । यो वृद्धिसँगै राजधानी दिल्लीमा अब एक लिटर पेट्रोलको मूल्य १०२.१२ भारु र डिजेलको मूल्य ९५.२० भारु पुगेको छ । मे महिनामा मात्रै इन्धनको मूल्य बढेको यो चौथो पटक हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›