मोहनविक्रम ‘गोकुल वाङ्मय’ पुरस्कारबाट सम्मानित
▸ यस स्टोरीको अंश: मोहनविक्रम सिंहलाई गण्डकी साहित्य सङ्गमद्वारा ‘गोकुल वाङ्मय पुरस्कार’ प्रदान गरिने
गोकुल वाङ्मय पुरस्कारबाट साहित्यकार एवम् समालोचक मोहनविक्रम सिंहलाई सम्मान गरिएको छ । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व सिंहलाई शनिबार पोखरामा आयोजित समारोहमा नगद ४० हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो । गण्डकी साहित्य सङ्गमले सञ्चालन गर्ने यो पुरस्कार जनकवि गोकुल जोशीको ९७ औं जन्मजयन्तीको अवसरमा प्रदान गर्ने गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›