के कतारले इरानलाई १२ अर्ब डलर दिने प्रस्ताव गरेको हो ?
▸ यस स्टोरीको अंश: ईयू राजदूत लोरेन्जोद्वारा जेन–जी आन्दोलनमा विदेशी हस्तक्षेपको आरोप खण्डन, नेपाल स्वतन्त्र मुलुक रहेको दाबी
कतारको विदेश मन्त्रालयले इरानलाई १२ अर्ब डलर दिने प्रस्ताव गरिएको भन्ने समाचार असत्य भएको जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले यस्तो दाबी गर्ने रिपोर्टहरू शान्ति सम्झौता विफल बनाउन चाहने पक्षले फैलाएको बताएका छन् । प्रवक्ता अलअन्सारीले कतारले सम्झौता गराउन इरानलाई १२ अर्ब डलर प्रस्ताव गरेको भन्ने समाचार पूर्ण रूपमा गलत भएको र यस्ता भ्रामक समाचार शान्ति प्रयासलाई कमजोर बनाउन र कूटनीतिक पहल विफल पार्न चाहने पक्षले फैलाएको आरोप लगाएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›