बुद्ध दर्शन सहकारीबाट ३४ जनाको वचत रकम फिर्ता, अरुको कुरा सुनेर आएनन् केही
▸ यस स्टोरीको अंश: काम नगर्ने १४ निर्माण कम्पनी कालोसूचीमा, सरकारी ठेक्काबाट प्रतिबन्ध
काठमाडौँ महानगरपालिका सहकारी विभागको रोहबरमा बुद्ध दर्शन सेभिङ् एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता दिएको छ । महानगरपालिकाको वडा नंं ६ मा सञ्चालित सहकारी संस्थाले आज १ लाख ५० हजार रुपियाँसम्म बचत गर्ने ७० जना बचतदाता सदस्यहरुलाई बचत रकम फिर्ता लिन विभागमा बोलाइएको थियो । यसरी बोलाइएका मध्ये ३४ जनाले बचत फिर्ता लिएका हुन् । सहकारीले आगामी १ महिनाभित्र ५ लाख रुपियाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›