सरकारी अस्पतालका गोदाममा करोडौँका उपकरण प्रयोग विहीनतामाथि महालेखापरीक्षकको प्रश्न
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: सरकारी अस्पतालमा करोडौँका उपकरण प्रयोगविहीन, लगानी खेर गएको औँल्यायोसरकारी स्वास्थ्य संस्थामा ठूलो धनराशि खर्च गरेर खरिद गरिएका अत्याधुनिक उपकरण लामो समयदेखि गोदाममा थन्किएका पाइएको छ। महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६३औँ वार्षिक प्रतिवेदनमा सरकारी स्वास्थ्य निकायहरूमा रु. ५१ करोड ४९ लाखभन्दा बढी मूल्यका उपकरण उपयोगविहीन रहेको उल्लेख गरिएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा रु. पाँच करोड ३७ लाख ८२ हजार बराबरको ‘क्याथल्याब मेसिन’ जनशक्तिको अभावमा २०७२ सालदेखि प्रयोगविहीन अवस्थामा रहेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›