गल्ती-कमजोरी स्वीकार्दै जनतासमक्ष प्रस्तुत हुन्छौँ : विष्णु पौडेल
▸ यस स्टोरीको अंश: एमाले उपाध्यक्ष पौडेलले गल्ती स्वीकार्दै जनतासमक्ष आत्मालोचना गर्न आग्रह गरे
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्ना तर्फबाट भएका भूल–त्रुटि र गल्ती–कमजोरीहरू स्वीकार गर्दै जनतासमक्ष आत्मालोचक भएर प्रस्तुत हुन एमाले पङ्क्तिलाई आग्रह गरेका छन् । ३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा उपाध्यक्ष पौडेलले जनताको बहुदलीय जनवादको मर्मलाई ठीक ढङ्गले आत्मसात् गर्दै गुमेको जनताको विश्वास पुनः प्राप्त गर्न र नेकपा (एमाले) लाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिको भूमिकामा पुनःस्थापित गर्न दृढ सङ्कल्प गर्नुपर्नेमा जोड दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›