प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: मुलुकको बेरुजु सात खर्ब ५५ अर्ब पुग्यो, एक वर्षमै थपियो ८८ अर्ब
लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि रु १४ अर्ब ६३ करोड २६ लाख ९९ हजारबराबर असुल भएको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई आज बुझाएको ६३औँ वार्षिक प्रतिवेदनअनुसार प्रारम्भिक प्रतिवेदन पठाइएपछि तथा विगतको बेरुजु संपरीक्षण गर्दा उक्त परिमाणको रकम असुल भएको हो । सोमध्ये लेखापरीक्षणको क्रममा रु ५७ करोड ६९ लाख, प्रारम्भिक प्रतिवेदन पठाएपछि रु ९० करोड ४८ लाख संपरीक्षणका क्रममा रु १३ अर्ब १५ करोड १० लाख असुल भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित