आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्र मन्त्री खनालको जोड

यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न जोड दिए
prasashan.com · 2 दिन अघि

परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व परिवेशअनुसार परिमार्जन गर्दै आर्थिक कूटनीतिलाई प्राथमिक केन्द्रमा राख्नुपर्ने बताएका छन्। परराष्ट्र सेवा दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नेपाली नियोगहरूलाई परिणाममुखी र कार्यसम्पादनमा आधारित संरचनाका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरे। मन्त्री खनालका अनुसार अबको कूटनीतिक प्राथमिकता वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, प्रविधि हस्तान्तरण विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय बजार पहुँच वृद्धि गर्ने दिशामा केन्द्रित हुनुपर्छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू