सहयोग सङ्कलन नगर्न न्यायाधीश श्रेष्ठको आग्रह
▸ यस स्टोरीको अंश: न्यायाधीश तिलप्रसाद श्रेष्ठले उपचारका लागि आर्थिक संकलन रोक्न आग्रह गरे
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सङ्कलन नगर्न आग्रह गरेका छन् । न्यायाधीश श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा आफ्नो उपचारका लागि सहयोग सङ्कलन गर्न लागेको खबर पाएको उल्लेख गर्दै आर्थिक सङ्कलनको काम तत्काल स्थगित गर्न आग्रह गरिएको छ । बोनम्यारो समस्याबाट पीडित न्यायाधीश श्रेष्ठको भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च अस्पतालमा उपचार भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित