घरघरमा राहादानी पुर्याउने कार्यको थालनी
▸ यस स्टोरीको अंश: चितवनमा हुलाक सेवामार्फत घरघरमा राहदानी वितरण सुरु
जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी प्राप्त गर्न चहानुहुने सेवाग्राहीले ५५ को हुलाक टिकट खरिद गरेकालाई जिल्ला हुलाक कार्यालयले चितवनले घरघरमा राहदानी पु¥याउन सुरु गरेको छ । हाल दैनिक २० देखि ३० थान राहदानी घरघरमा पु¥याउने थालिएको जिल्ला हुलाक कार्यालय चितवनका कार्यालय प्रमुख शालिकराम बस्यालले राससलाई जानकारी दिए । सरकारले जारी गरेको प्रशासनिक सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना लागू गर्ने कार्यअन्तर्गत घरघरमा सेवा पुर्याउन थालिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›