उदयपुर सिमेन्ट उद्योगका कर्मचारी तलब माग्दै आन्दोलित
▸ यस स्टोरीको अंश: उदयपुर सिमेन्ट उद्योगका मजदुर तलब र सेवा सुविधा माग्दै आन्दोलित
गैंडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेमा कार्यरत मजदुरहरु तलब माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उद्योग बन्द भएपछि कामबिहिन भएका मजदुर तलब, सञ्चयकोष, नागरिक लगानी कोष तथा सेवा–सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । सम्पूर्ण मजदुर संघर्ष समिति उदयपुर सिमेन्ट उद्योग लिमिटेडका संयोजक देवनारायण झाले उद्योगका मजदुरलाई १४ महिनादेखिको तलब–ज्याला उपलब्ध नगराइएकाले आन्दोलनमा उत्रिनु परेको बताए।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित