काभा महिला भलिबल : उपाधिका लागि इरान र कजाकिस्तान भिड्ने
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
काठमाडौंमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिप २०२६ को उपाधिका लागि इरान र कजाकिस्तान भिड्ने भएका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज (शुक्रबार) दिउँसो ४ : ३० बजे स्वर्ण पदकका लागि यी दुई टोलीबीच फाइनल खेल हुनेछ। आजै च्याम्पियनसिपको तेस्रो स्थान (कांस्य पदक) का लागि घरेलु टोली नेपाल र छिमेकी राष्ट्र भारतबीच प्रतिस्पर्धा हुँदैछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित