जलवायु परिवर्तनका कारण हिमालहरू संकटमा परे : पर्यटनमन्त्री पौडेल
▸ यस स्टोरीको अंश: पर्यटनमन्त्री पौडेल भन्छन्, सगरमाथा विजय गर्ने होइन, अनुभूति गर्ने विषय हो; हिमाल जलवायु परिवर्तनले जोखिममा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनका कारण हिमालहरू संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । ७३ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । विश्वव्यापी तापमान वृद्धिका कारण हिमतालहरू पग्लिने र खानेपानीका मुहानहरू सुक्ने क्रम बढेको बताउँदै उनले हिमालको सुरक्षामा विश्वको ध्यान आकर्षित गर्नुपर्नेमा जोड दिए । नेपालको समृद्धिको प्रमुख आधार पर्यटन र हिमाल नै भएको उल्लेख गर्दै मन्त्री पौडेलले राष्ट्रिय स्वाभिमान र गरिबी निवारणका लागि हिमाली पर्यटनको दिगो विकास आवश्यक रहेको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›