खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन
▸ यस स्टोरीको अंश: सरकारले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गर्यो, रंगशाला निर्माण र खेलाडीलाई आजीवन स्वास्थ्य उपचारको घोषणा
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको घोषणा गरेका छन् । बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिकको बजेट सार्वजनिक गर्दै खेलकुदको पूर्वाधारको विकासलाई प्राथमिकता दिएको बताएका हुन् । अर्थमन्त्री वाग्लेले तीन वर्षमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशाला फ्लडलाइटसहितको बनाउने घोषणा गरेका छन् भने प्रमुख ८ सहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला बनाइने र खेलकुदमा आवासीय तालिमको व्यवस्था गर्ने घोषणा गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित