बजेट: हजार किलोमिटर सडक कालोपत्र गर्ने, द्रूतमार्गका लागि १७ अर्ब ६४ करोड
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षमा एक हजार किलोमिटर सडक कालोपत्र गर्ने र २ सय सडक पुल निर्माण गर्ने घोषणा गरेका छन् । पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्ष भित्र सम्पन्न गरिनेछ । नारायणगढ बुटवल सडक खण्ड र कमला–कन्चनपुर खण्ड निर्माण सम्पन्न गरिनेछ । द्रूतमार्गका ४० पुल र ४ सुरुङका लागि १७ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित