बजेटमा यस्ता छन् पूर्वअर्थमन्त्रीका सुझाव, बाउन्ड्रीमा बस्न आग्रह
▸ यस स्टोरीको अंश: अर्थमन्त्री डा. वाग्लेले पूर्वअर्थमन्त्रीहरूसँग बजेटबारे छलफल गरी सुझाव लिए
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। पूर्वअर्थमन्त्रीहरूले उच्चस्तरीय आर्थिक सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, तयारी नभएका टुक्रे आयोजनामा बजेट नछर्नुपर्ने र विद्युतमा भ्याट नलगाउनुपर्ने सुझाव दिएका छन्। उनीहरूले पुराना आर्थिक प्रतिवेदनहरू कार्यान्वयन गर्नुपर्ने, विद्युत व्यापार निजी क्षेत्रलाई खुला गर्नुपर्ने, वनसम्बन्धी अवरोध हटाउनुपर्ने, नयाँ उद्योग र औद्योगिक क्षेत्र विस्तार गर्नुपर्ने तथा हेजिङ नीति अघि बढाउनुपर्ने धारणा राखे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›