सुकुम्वासी बस्ती हटाउने कार्यमा राज्य क्रूर र अमानवीय देखियो : महामन्त्री पौडेल
▸ यस स्टोरीको अंश: कांग्रेस महामन्त्री पौडेलद्वारा सुकुम्बासी बस्ती हटाउने कार्यमा राज्यको व्यवहारको आलोचना
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती हटाउने सन्दर्भमा राज्यको व्यवहार क्रूर र अमानवीय देखिएको टिप्पणी गरेका छन् । बस्ती खाली गराउनुपूर्व पर्याप्त समय र विकल्प नदिई बल प्रयोग गरिएको भन्दै उनले राज्यको कार्यशैलीप्रति आपत्ति जनाए । उनले बस्तीमा रहेका सबै व्यक्तिहरू जग्गा हडप्ने नियतले नबसेको र वास्तविक सुकुम्वासीहरू समेत रहेको उल्लेख गर्दै मानवीय संवेदनशीलतालाई पूर्णतः बेवास्ता गरिएको आरोप लगाए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित