उद्योगी–व्यवसायीको गुनासो : कर, अनुगमन र अस्थिर नीतिले बजार थलियो
▸ यस स्टोरीको अंश: व्यवसायीहरूको माग: कर घटाऊ, कानुनी झन्झट अन्त्य गर
उद्योगी–व्यवसायीहरूले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि सरकारको कर नीति, नियमन प्रणाली र नीतिगत अस्थिरताप्रति असन्तुष्टि जनाएका छन् । सूचना प्रविधि, औषधि, मोबाइल, डेरी, सीमापार व्यापार, कन्सल्टेन्सी तथा घरेलु उद्योग क्षेत्रका प्रतिनिधिहरूले व्यवसाय सञ्चालन कठिन बन्दै गएको बताएका हुन् । उनीहरूले प्रविधि क्षेत्रलाई बुझ्न नसकेको, सेकेन्ड–हेन्ड मोबाइल कारोबारमा स्पष्ट नीति नभएको, उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने, अत्यावश्यक औषधिको अभाव र मूल्य समायोजन नभएको, उत्तरी नाकामा पूर्वाधार कमजोर भएको, कन्सल्टेन्सी कारबाहीको आलोचना र मध्यम व्यवसायी मारमा परेको गुनासो गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›